के लेखौं खैअटो ग्राफमा (Kalpana Prasai Pathak)

के लेखौं खैअटो ग्राफमा

के लेखौं खैअटो ग्राफमा
नयाँ वर्ष तिमीलाई
जसले तिम्रो आगमनमा
शुभकामना चढाए,
ति हराउन सक्छन्
विश्वासका हरफ बुन्नेहरु
बसन्त ऋतु झैं जिवन बिताउन चाहनेहरु
कतै तिमीलाई शिशिरको पतझड त बनाउँदैनन्?
तिम्रो हॉसो खोस्नेहरु
तिमी आउने बाटो मा लुकामारी
त खेल्दै छैनन्?
त्यसैले नयॉ वर्ष तिमी हिम्मत बनेर आऊ
हनुमान झैं बलवान भएर आऊ
तिमीले झुप्रो को हॉसो सगै हास्नु छ
पाखाबारीमा लहलह भै बाच्नु छ
ति सुकाउदा हातले
बैंसमा फक्रेको लाली गुरॉस
संग साइनो गास्दै
तराईको बाढी छेक्नु छ
छाउपडी झुप्रोमा सुकिलो र
मिठो निद ल्याउनु छ
अंजुली भरी शुभकामना लिएर आऊ
फेरी पनि झुक्याउलान लालित्य वोलीले
चिप्ल्याउलान तिम्रो गॉउलाई स्वर्ग बनाउने सपना
वाँझै होलान पाखाबारी
तिमी गला भरीको पोतेमा हॉसेर आऊ
सिंउदोको सिन्दुर झैं सजिएर अाऊ
थुप्रै थुप्रै संकल्प लिएर आऊ
बेच्लान तिम्रो मातृभुमी
लुटिएलान तिम्रा छोरीहरु
उजाडिएला तिम्रो काख
नरहला बाबुको अस्तित्व
त्यसैले नँया वर्ष
तीन करोड नेपालीको विश्वास वनेर आऊ
बेच्ने होईन देश बचाउने सपुत लिएर आऊ
उज्यालो बत्ती भएर आऊ
दुखीको मलम बनेर आऊ
स्वागत छ,नयाँ वर्ष तिमीलाई
राष्ट्रको सिमारक्षक वनेर अाऊ
प्रत्येक नेपालीको हॉसो लिएर आऊ
कल्पना(प्रसाई) पाठक
२०७३/१२/२७

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*